काठमाडौं, फागुन २५ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज दिउँसो बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै संसदमा कसरी अघि बढ्ने भन्नेबारे निर्क्यौल गर्ने नेता लक्ष्मणलाल कर्णले बताए।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा रूपान्तरण भएको सरकारका बारेमा पनि आजको बैठकमा धारणा तय हुने उनले जानकारी दिए।
Facebook Comments


























