फागुन २५ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ। सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक गोल गरे। एक गोल आत्मघाती गोलको उपहार पाएको थियो। ३१औँ मिनेटमा बेन गडफ्रीको आत्मघाती गोलबाट चेल्सीले अग्रता बनाएको थियो। ६७औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को सहज जित दिलाए।
जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ। चेल्सीले २८ खेलबाट ५० अंक भएको छ। एभर्टन ४६ अंकसहित सातौँ स्थानमा छ।
Facebook Comments


























