हेटौंडा, फागुन २५ । मकवानपुरका स्थानीय सरकारको सहयोगमा राष्ट्रिय फुटबल प्रतियोगिता हेटौंडामा हुने भएको छ। यही फागुन २७ गते देखि चैत ७ गते सम्म फुटबल प्रतियोगिता गर्न लागिएको हो।
यसको धेरैजसो तयारी भएको आयोजकले सोमवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। आयोजकले आज खेल तालिका समेत सार्वजनिक गरेको छ। खेलको कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमीरे९सुन्तली० ले उद्घाटन् गर्ने तयारी गरिएको हो।
स्थानीय तह शहिद स्मृती मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करण हुने भएको हो। मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मोलन गरी प्रतियोगिता यही फागुन २७ गते देखी शुरु हुने जानकारी दिएको हो।
दश वर्ष अघिबाट हेटौंडामा प्रारम्भ भएको शहीद स्मृति गोल्डकप प्रतियोगिता फागुनको आन्तिम साताबाट हेटौंडामा सुरु हुने भएको छ। २०६२०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको तेश्रो संस्करण फागुन २७ बाट चैत्र ७ गतेसम्म सञ्चालन हुने भएको छ।
विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० वटा स्थानीय निकायले सहयोग गरेका छन्। स्थानीय तहको सहयोगबाट प्रतियोगिता सञ्चालनको तयारी थालेको मकवानपुर फुटबल संघले यस वर्षबाट खेललाई ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरेको प्रतियोगिताका संयोजक प्रताप बिष्टले जानकारी दिए।
प्रतियोगितामा नेपालका ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहने कार्यक्रम संयोजक प्रताप विष्ठले जानकारी दिए। प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नंम्बर–१० मा रहेको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ।
प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ। त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन्। प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडी नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन्।
प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको छ। नकआउटका आधारमा हुने प्रतियोगिता चैत ७ गते सम्म चल्नेछ।
जिल्लाका १० वटै स्थानीय सरकारको आर्थिक सहयोगमा हुने प्रतियोगिताको अनुमानित लागत ९४ लाख ४० हजार ५ सय रहेको प्रतियोगिताका संयोजक बिष्टले जानकारी दिए।
यसअघि एन्फा क्यालेन्टर अनुसार प्रतियोगिता गर्न सक्दा पछाडी सार्दा कोरोना भाइरसको संक्रमण कारण प्रतियोगिता स्थगित हुन पुगेको थियो। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो।


























