फागुन २३ । भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करणको मिति घोषणा भएको छ। भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आगामी संस्करणको आईपीएलको मिति घोषणा गरेको हो।
बीसीसीआईले घोषणा गरेको मिति अनुसार १४ औं संस्करणको प्रतियोगिता अप्रिल ९ बाट सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ। चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन्। प्रतियोगिताका खेलहरु चेन्नईसहित अहमदाबाद, बेंगलोर, दिल्ली, मुम्बई र कलकत्ता गरि ६ शहरमा हुनेछ। यस सिजन होम एण्ड अवेको आधारमा खेल हुनेछैन।
आईपीएल-२०२१ का लागि अक्सन सम्पन्न भईसकेको छ। कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल भने युएईमा आयोजना भएको थियो। फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो। एजेन्सी
Facebook Comments


























