काठमाडौं, फागुन २३ । आइतबार नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको छ। पछिल्लो २४ घण्टामा ५८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ। हालसम्म कोरोनाको कारण ३ हजार १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै, हालसम्म ५३ जना क्वारेन्टीनमा रहेका छन्। हालसम्म २१ लाख ९२ हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको छ।
Facebook Comments


























