काठमाडौं, फागुन २३ । राजनीतिक रुपमा विभाजित नेकपाका सांसदहरु संसद बैठकमा एकै लहरमा बस्ने भएका छन्। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सचिवालयमा दल विभाजनको औपचारिक पत्र प्राप्त नभएकाले दुबै पक्षका सांसदहरुलाई एकै लहरमा बस्ने व्यवस्था मिलाइएको हो।
संसद विघटनपछि नेकपा दुई समूहमा विभाजन भएको छ तर कानूनी रुपमा विभाजनको मान्यता पाएको छैन्। बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ।
Facebook Comments


























