चितवन, फागुन २३ । गायक भुपेन चौधरी तथा गायिका अनु चौधरीको स्वरमा रहेको थारु भाषाको गीत ‘सनन सनन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा भूपेनकै शब्द र संगीत तथा लोकजी मिजारको एरेन्ज, दीपेन धामीको रेकर्डिङ तथा प्रकाश केसीको मिक्सिङ छ।
डान्सिङ फ्लेवरको उक्त गीतको भिडियोमा नविन चापागाईं र रितु चौधरी फिचर्ड छन्। भिडियोमा अशोक के परियार र अभिषेक सेन ठकुरीको कोरियोग्राफी तथा भूपेन चौधरीको छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन छ। भिडियो द कन्टेन नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
Facebook Comments


























