काठमाडौं, फागुन २२ । खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापासँग आज भेटवार्ता गरेका छन्। महासचिव विप्लवले आज बिहान पुल्चोकस्थिति मन्त्री निवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेका हुन्।
भेटमा सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो ्। भेटमा विशेष गरेर पक्राउ परेका नेताहरुको रिहाइका विषयमा कुराकानी भएको जनाइएको छ ्।
सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका महासचिव विप्लव बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि हिजो राष्ट्रियसभाबाट सार्वजनिक भएका थिए। हिजो विप्लवले प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभामा आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गरेका थिए। खुला राजनीतिमा आएको नेकपा विप्लव समूहको भावि राजनीतिक कार्यदिशा के हुन्छ भन्ने आम चासो रहेको छ।


























