काठमाडौँ, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टीको विवाद अबिलम्ब निरुपण गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा नै आधिकारिक पार्टी भएको दावी गर्दै दाहाल–नेपाल समूहले शुक्रबार आयोगमा पाँच पृष्ठको ध्यानाकर्षण पत्र बुझाएको हो।
ध्यानाकर्षण पत्रमा नेकपाको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ। उक्त पत्र बुझाउन दाहाल–नेपाल समूहका नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारीलगायत निर्वाचन आयोग पुगेका थिए।
ध्यानाकर्षण पत्रमा केपी शर्मा ओली लगायतका नेताहरूलाई पार्टी विधानअनुसार गरेको कारवाही, विभिन्न समयमा गरिएका बैठकका निर्णय लगायतका विषय समेटिएका छन्।
Facebook Comments


























