हेटौंडा, फागुन २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले हेटौंडाबाट घुस रकमसहित एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ। शुक्रबार आयोगको टोलीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश अन्तर्गतको पर्यटन विकास आयोजनामा कार्यरत सव–इन्जिनियर नेत्र लामिछानेलाई घुस रकमसहित पक्राउ गरेको हो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को एक होटलबाट लामिछानेलाई ५० हजार रुपैयाँ घुस रकम लिदैं गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए।
लामिछानेले आयोजनाको योजना सम्पन्न गरे पश्चात ठेकेदारसँग रकम माग गरेको र सो रकम लिने क्रमका आयोगको टोलीले पक्राउ गरेको भण्डारीले बताए।
Facebook Comments


























