काठमाडौं, फागुन २१ । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको बताएका छन्।
नेकपा विप्लव समूहसँग भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा ओलीले पार्टीका केही नेताहरु आफ्नो पार्टीको सरकार ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस् न भनेर किस्तीमा राखेर हिँडेको बताए।
उनले आफूहरुबारे भ्रम छर्ने प्रयास भएको भन्दै अघि भने, ‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं। कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं।’
Facebook Comments


























