फागुन २१ । अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको चौथो टी-२० क्रिकेटमा अस्ट्रेलियाले ५० रनको जित हात पारेको छ। यस जितपछि अस्ट्रेलियाले पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेको छ। अब सिरिजको पाँचौ खेल निर्णायक हुने भएको छ।
विलिङटनमा शुक्रबार भएको खेलमा अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १८.५ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनाउन सक्यो। न्युजिल्याण्डका लागि केली जेमिसनले सर्वाधिक ३० रन बनाए भने टिम सेइफार्टले १९ र डेभोन कोनवेले १७ रन बनाए। न्युजिल्याण्डलाई अलआउट गर्न अस्ट्रेलियाका केन रिचार्डसनले ३ विकेट लिए। यस्तै अस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २/२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो। अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले अविजित रहदै ७९ रन बनाए। यस्तै मार्कुस स्टोनिसले १९, ग्लेन म्याक्स्वेलले १७,म्याथ्यु वेडले १४ र जोस फिलिपले १३ रन जोडे। न्युजिल्याण्डका इश सोधीले ३ तथा ट्रेण्ड बोल्टले २ विकेट लिए। एजेनसी


























