काठमाडौं, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल सरकार र आफ्नो पार्टीबीच भएको सहमतिभित्र समृद्ध जीवन बिताउने नेपाली युवाहरूको चाहना र समृद्धिको आकांक्षा लुकेको बताएका छन्।
“नेपाली राजनीतिक आन्दोलनको यो एउटा नयाँ दिन हो। यसलाई सफल पार्न योगदान गर्ने वार्ता टोलीका मित्रहरूलाई म बधाई र धन्यवाद दिन चाहन्छु,” नेपाल सरकार र नेकपाबीचमा सम्पन्न सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै विद्रोही नेकपाका महासचिव विप्लवले भने, “यो सहमति गराउन विभिन्न क्षेत्रबाट भूमिका पुर्याउने कानुनविद, पत्रकार, मानवअधिकारवादी, बुद्धिजीवि, सेना, प्रहरी र अन्य कम्युनिस्ट पार्टीका मित्रहरू सबैलाई यो अवसरमा म सम्मान गर्न चाहन्छु र धन्यवाद भन्न चाहन्छु।”
Facebook Comments


























