चितवन, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले संयुक्त सम्बोधन गर्दै छन्। राष्ट्रिय सभा गृहमा भइरहेको विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।
कार्यक्रममा सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर हुनेछ। सरकार र विप्लव समूहबीच बिहीवार भएको तीन बुँदे सहमतिमा हस्ताक्षर तथा विस्तृत विवरण सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताए।
सम्बोधनअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। नवलपरासीबाट काठमाडौं आएका विप्लवले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।
Facebook Comments


























