फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गर्ने आमसभा स्थगित गरिएको छ।
आज काठमाडौँमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री ओलीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि ओलीले झापा भ्रमण स्थगित गरेका हुन्।
विप्लव समूहलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमति भएपछि यसबारेमा जानकारी दिन आज विशेष कार्यक्रमको आयोजना गरिएको छ। सम्बोधन र सम्झौता हस्ताक्षरका लागि विप्लव रुपन्देहीबाट आज बिहान काठमाडौँ हिँडिसकेका छन्।
यसकारण प्रधानमन्त्री झापा जाने कार्यक्रम स्थगित भएको हो। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रधानमन्त्री नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने भनिएको सभा स्थगित गरिएको बताए।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











