फागुन २१ । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जित निकालेको छ। बिहीबार राति भएको खेलमा इन्टरले पर्मालाई २-१ गोल अन्तरले पराजित गरेको हो।
पर्माको मैदानमा इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गरे। पर्माका हेर्नानीले १ गोल फर्काए। खेलको ५४ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाएका थिए।
खेलको ६२ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरले २-० को अग्रता बनायो। त्यसपछि खेलको ७१ औं मिनेटमा पर्माका हेर्नानीले एक गोल फर्काएपनि इन्टर २-१ ले विजयी भयो।
यस जितसँगै इन्टरले लिगमा एसी मिलानविरुद्ध ६ अंकको अग्रता बनाएको छ। इन्टरले २५ खेलमा ५९ अंक जोडेको छ। दोस्रो स्थानको मिलानको ५३ अंक रहेको छ। पर्मा १५ अंक जोडेर १९ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











