चितवन, फागुन २० । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विप्लव समूहसँग सरकारको सहमति हुन सकारात्मक भएको बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महतले हत्या हिसा त्यागेर मूलधारमा आउनु स्वागतयोग्य भएको बताएका हुन्।
मूलधारमा आउने, शान्तिमा आउने त ठीकै हो। केही कुराहरु गर्भमा छन् थाहा छैन। हामीलाइै विस्तारै जान्दै जाउँला नि। हतियार छोडेर शान्तिमा आउनु शान्तिपूर्ण बाटोमा राम्रो कुरा भएको उनको भनाइ थियो।
नेता महतले कांग्रेसको नेतृत्वमा बाहेक सरकारमा नजाने बताए। उनले कांग्रेसको नेतृत्वको बाटोबाहेक अरु बाटोमा नलाग्ने भन्दै कांग्रेसको स्पष्ट दृष्टिकोण रहेको बताए। ूमान्छेले आ(आफ्नो इच्छाअनुसार कांग्रेस चल्दियोस् भनेर त कांग्रेस चल्दैन नि। कांग्रेसको स्पष्ट दृष्टिकोण छ। अहिले पनि पनि कम्युनिस्ट एउटै छ। एउटै संसदीय दल छ,ू उनले भने। फागुन २३ गते बैठक बसेपछि आवश्यक परे कांग्रेसको नेतृत्वमा सरकार जाने उनको भनाइ थियो।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







