काठमाडौं, फागुन २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(माधव पक्ष निर्वाचन आयोग जाने भएको छ। नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि पेरिसडाँडामा आज (बिहीवार) निर्वाचन आयोग जाने तयारी भइरहेको हो।
हिजो (बुधबार) प्रचण्ड माधव पक्षले केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरी हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्रसहित आयोग जान लागेको हो।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी गरेको हो। यो पक्ष ले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएपनि आयोगले यसबारे कुनै निर्णय गरेको छैन। थप निर्णय आयोगले नगरेपछि प्रचण्ड–माधव पक्ष असन्तुष्ट छ।
Facebook Comments


























