काठमाडौं, फागुन २० । दाहाल–नेपाल नेकपाको नेकपाको आकस्मिक केन्द्रीय कमिटी बिहीबार पुन बस्ने भएको छ। अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहालले नेतृत्व गरेको सो पार्टीको केन्द्रिय कमिटी बैठक बुधबार पनि बसेको थियो।
बुधबार बैठक सकेर केन्द्रीय सदस्यहरु हिडेको १ घण्टापछि सदस्यहरुलाई भोली पनि बैठक बस्ने भनेर खबर गरिएको थियो। बैठक बिहीबार दिउँसो १२ बजेका लागि बैठक डाकिएको छ।
केन्द्रीय सदस्य यज्ञराज सुनुवारका अनुसार सर सल्लाहका लागि राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्यहरुलाई केन्द्रीय कार्यलय पेरिस डाँडामा बोलाईएको हो।
Facebook Comments


























