जुबा, फागुन १९ । दक्षिण सुडानको जोङ्गलाई राज्यमा विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ। राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्।
विमानमा सवार दुई पाइलटसहित दश व्यक्तिको मृत्यु भएको उनले जानकारी दिएका छन्। एएफपी
Facebook Comments


























