काठमाडौं, फागुन १९ । नेकपा प्रचण्ड- माधव समूहले स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरु भएको छ। केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो। स्थायी कमिटी पछि केन्द्रीय कमिटी बैठक बस्दैछ। केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमा बस्दैछ। केन्द्रीय कमिटी बैठक एक बजे शुरु हुँदैछ।
संसद् पुस्र्थापना पछि पहिलो पटक स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो। केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिक सहित यो समूहले बोलाएको छ। एमाले र माओवादी एकता भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर सहित दिइएको पार्टी परिचयपत्र सहित केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो।
यो समूहले पार्टी वैधानिकताको दावी गर्दै गएको २० माघमा निर्वाचन आयोगमा पत्र बुझाएको छ। तर, आयोगले कुनै निर्णय दिएको छैन।
Facebook Comments


























