काठमाडौं, फागुन १८ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई स्वदेश फर्किएका छन्। भारतको राजधानी दिल्लीमा स्वास्थ्य परीक्षण पूरा भएपछि उनी नेपाल वायु सेवा निगमको विमानमार्फत मंगलबार काठमाडौँ फर्किएका हुन्।
भट्टराई न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि दिल्ली पुगेका थिए। यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराउँदा न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका थिए। उक्त ट्युमरलाई दुई–तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्।
Facebook Comments


























