काठमाडौं, फागुन १८ । नेपाली शेयर बजारमा आज मंगलबार गिरावट आएको छ। सोमबार सोमबार ४० अंकको सुधार आएको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको हो। मंगलबार शेयर बजारमा कूल ६ अर्बको कारोबार भयो। आज नेप्से परिसुचक ५९ अंकले ओरालो लागेर २४ सय ५५ कायम भई थामिएको छ।
मंगलबार जीवन बिमा समूह सबैभन्दा उच्च ५ सय ४३ अंकले ओरालो लागे भने निर्जीवन बिमा समूह ३ सय ४३ अंकले ओर्लियो। कारोबार भएका केही समूहमा सुधार आएको छ। आज ६ कम्पनीको शेयर मूल्य बढ्यो भने १ सय ६९ कम्पनीको मूल्य घट्यो।
बैंकिङ, वित्त, जलविद्युत, लघुवित्त, अन्य र उत्पादनमुलक समूह दोहोरो अंकले ओरालो लागे भने भने व्यापार समूह २ सय ७८ अंकले अनि होटल समुह १६ अंकले उकालो लागे।
आज नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को कारोबार सबैभन्दा भएको छ। नेप्सेका अनुसार आज २ सय ८ कम्पनीको १ करोड ३१ लाख कित्ता शेयर ६ अर्ब ११ करोडमा किनबेच भएको छ।


























