काठमाडौं, फागुन १७ । स्थानीय बजारमा सुनचाँदीको मूल्य पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यापार व्यवसायी महासंघका अनुसार हिजो आइतबार प्रतितोला ८८ हजार ३०० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छापावाल सुन सोमबार भने प्रतितोला ४०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुनको भाउ ८८ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ८८ हजार २५० रुपैयाँ पर्नेछ। यता, चाँदीको भाउ पनि बढेको छ। हिजो प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर एक हजार ३३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
Facebook Comments


























