काठमाडौं, फागुन १७ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भए पनि मिति भने तोकिएको छैन।
त्यस्तै बैठकमा पार्टीको आधिकारिकताको विवाद छिटो टुंगो लगाउन निर्वाचन आयोगसँग आग्रह गर्ने विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘निर्वाचन आयोगलाई पार्टीको आधिकारिता छिटो टुंगाउन आग्रह गर्ने कुरा भएको छ’, उनले भने।
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ।
Facebook Comments


























