काठमाडौं, फागुन १७ । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेलहरु हुँदैछ। पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसीटी र टुसाल क्लब खेल्ने छन्। खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।
आरसीटी ७ खेलमा ९ अङ्क जोडेर छैठौं स्थानमा रहेको छ। टुसाल भने ८ अङ्क जोडेर सातौं स्थानमा रहेको छ। यस्तै, आजै दिउँसो साढे ३ बजे हुने खेलमा शीर्ष स्थानको सातदोबाटो र श्री भगवती क्लबसँग खेल्नेछ।
७ खेलमा १९ अङ्क जोडेको सातदोबाटो तालिकाको शीर्ष स्थानमा छ। श्री भगवती ७ खेलमा ६ अङ्क जोडेर नवौं स्थानमा रहेको छ।
Facebook Comments


























