धनगढी, फागुन १६ । बैतडीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए काठमाडौं पठाइएको छ। उनको डीएनए परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो।
परीक्षणका लागि रगत लगायत आवश्यक वस्तु काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। प्रहरीका अनुसार केही दिनमा परीक्षण रिपोर्ट आउने र त्यसपछि अनुसन्धानमा थप सहयोग पुग्नेछ। प्रहरीले प्रारम्भिक बयानमा दिनेशले बलात्कार गरेको स्वीकार गरिसकेको बताएको छ।
यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइए पनि परीक्षण रिपोर्ट भने अझै आएको छैन। गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नपुगेपछि आफन्तले खोजी गरेका थिए। खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा उनको शव फेला परेका थियो।
घटनामा संलग्न रहेको आरोपमा गत प्रहरीले फागुन ५ गते दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।


























