फागुन १६ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सी र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ। चेल्सीले घरेलु मैदानमा युनाईटेडसँग खेल्नेछ। दुई टिमबीचको खेल राति सवा १० बजे सुरु हुनेछ।
घरेलु मैदानमा चेल्सी जित निकाल्दै चौंथो स्थानमा उक्लन चाहन्छ। चेल्सी २५ खेलमा ४३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। चेल्सीलाई युनाईटेडमाथि जित निकाल्न सहज भने हुनेछैन।
युनाईटेड पनि चेल्सीलाई हराएर शीर्ष स्थानको सिटविरुद्ध दबाब बढाउन चाहन्छ। युनाईटेड ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। लिगमा सिटी युनाईटेड भन्दा १३ अंकले अघि रहेको छ।
प्रिमियर लिग अन्तर्गत नै लेष्टर सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ। लिभरपुलले सेफिल्ड युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ। टोटेनहमले बर्नलीसँग खेल्दा क्रिस्टल प्यालेसले फुलहमसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























