काठमाडौं, फागुन १४ । चीनमा आयोजना हुने रेस्लिङ प्रतियोगिताको लागि अन्तराष्ट्रिय रेस्लर डेभिड महर्जन छनोट भएका छन्।
डेभिड आगामी वर्ष नेपाल चीन मैत्रीपूर्ण एवं साँस्कृतीक सम्वन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तर्गत हुने रेस्लिङ प्रतियोगिताका लागि छनोट भएको नेपाल रिङ रेस्लिङ संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले जानकारी गराएकी छिन्।
छनोट भएकोमा नेपाल रिङ रेस्लिङ संघले डेभिडलाई प्रतियोगितामा सफलताको शुभकामना ब्यक्त गरेको छ।
Facebook Comments


























