फागुन १४ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा पुगेको छ। लेगमा युनाइटेड ४-० को जीतसहित अन्तिम १६ मा पुगेको हो। युनाइटेडले बिहीबार राति अन्तिम ३२ को दोस्रो लिगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेले पनि समग्रमा ४-० को जीतसहित अन्तिम १६ मा उक्लेको हो।
युनाइटेडले पहिलो लेगमा जीत निकाले पनि दोस्रो लेगमा भने गोल गर्न सकेन। पहिलो लेगको ४-० को जीतले युनाइटेड प्रि(क्वाटरफाइनलमा पुग्न सफल भएको हो। स्पेनिस क्लब सोसीडाडका मिकेल ओयार्जाबलले खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए। घरेलु मैदानमा युनाइटेडले युवा खेलाडीलाई मौका दिएको थियो। एजेन्सी
Facebook Comments


























