फागुन १४ । इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट खेलमा भारतले जीत हासिल गरेको छ। बिहीबार राति भएको खेलमा भारत १० विकेटले विजयी भएको हो।भारतका लागि रोहित शर्माले नटआउट २५ र शुभमान गिलले नटआउट १५ रन बनाए। दोस्रो खेलमा भारतले इंग्ल्याण्डलाई ८१ रनमै अलआउट गरेको थियो।
पहिलो खेलमा भारतले १४५ रन बनाएको थियो। यस्तै इंग्ल्याण्ड ११२ रनमै अलआउट भएको थियो। पहिलो खेलमा भारतका लागि रोहित शर्माले ६६ रन जोडे। यस्तै अक्षर पटेलले ११ विकेट लिए। पहिलो खेलमा ६ विकेट लिएका पटेलले दोस्रो खेलमामा ५ विकेट लिएर भारतलाई तेस्रो टेस्ट जिताए।
उक्त टेस्टमा पटेल म्यान अफ दी म्याच घोषित भए। टेस्टमा रविचन्दन आश्विनले ७ विकेट लिएका थिए। भारतले चार खेलको टेस्ट सिरिजमा २-१ को अग्रता लिएको छ। यसअघि पहिलो टेस्ट भने इंग्ल्याण्डले जितेको थियो। एजेन्सी
Facebook Comments


























