खोटाङ, फागुन १३ । माछा मार्ने क्रममा करेन्ट लगाएर खोटाङका एक व्यक्तिको मृत्यु भएको छ। खोटाङको साकेला गाँउपालिका(४ मात्तिमका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
रावाबेसी गाँउपालिका १ मा पर्ने रावा खोलामा माछा मार्ने क्रममा बुधवार दिउँसो साढे १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
Facebook Comments


























