मुम्बई, फागुन १३ । भारतीय सरकारले बुधबारबाट कोरोना भाइरस भ्याक्सिनेसनको दोस्रो चरण सुरु हुने घोषणा गरिसकेको छ। यो चरणमा ६० वर्ष उमेरमाथिका नागरिकलाई खोप लगाइनेछ। यी व्यक्तिबाहके ४५ वर्ष उमेरदेखि माथिका र कुनै गम्भीर बिरामीबाट पीडितलाई पनि लगाउने नीति सरकारले लिएको छ।
बलिउड अभिनेत्री सोनम कपूरले आफ्नो हजुरबा–हजुरआमा तथा आमाबुवाका लागि कोरोना खोपको खोजी सुरु गरेकी छन्। तर खोप कहाँ पाइन्छ भन्ने सही जानकारी उनले पाइसकेकी छैनन्।
दैनिक जागरणका अनुसार सामाजिक सञ्जालमार्फत सोनमले कोरोना खोपको बारेमा जानकारी दिन आग्रह गरेकी छन्। ‘मैले कोरोना खोपका बारेमा अलग–अलग जानकारी पाइरहेको छु। त्यहीकारण म अलमलमा परेको छु’, उनले लेखेकी छन्।
‘के कसैले मलाई हाम्रो हजुरबुवा तथा हजुरआमा र मातापितालाई भारतमा कसरी भ्याक्सिन लगाउन र कहिले उपलब्ध हुन्छ भनेर जानकारी दिन सक्नुहुन्छ ? म ठूलो समस्यामा छु। सबैबाट अलग–अलग जानकारी पाइरहेकी छु।’ उनले लेखेकी छन्। सामाजिक सञ्जालमा सोनमको यो पोस्ट निकै भाइरल भइरहेको छ। एजेन्सी


























