फागुन १३ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ। बुधबार राति भएको लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोलले पराजित गरेको हो।
हंगेरीको पुस्कास एरिनामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे। सिटी र मन्छेनग्लाडबाखबीचको दोस्रो लेग मार्च १६ मा सिटीको मैदानमा हुनेछ। एजेन्सी
Facebook Comments


























