काठमाडौं, फागुन १२ । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको तयारी गरेका छन्।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा जुटेको दाहाल-नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन देउवासँग भेट्न लागेको स्रोतले जनाएको छ।
दाहाल-नेपालसँग छलफलको तयारी भए पनि समय तय भइनसकेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
Facebook Comments


























