फागुन १२ । गल्फका स्टार खेलाडी टाइगर उड सडक दुर्घटनामा परेर घाइते भएका छन्। अमेरिकी गल्फर उड क्यालिफोर्निया राज्यको लस एन्जल्समा कार दुर्घटनामा परेर घाइते भएका हुन्।
उडको खुट्टामा गम्भीर चोट लागेको बताईएको छ। उडको खुट्टाको शल्यक्रिया भईरहेको बताईएको छ। तर, उड खतरामुक्त रहेको बताईएको छ। गल्फको मुख्य प्रतियोगितामा १५ पटकको च्याम्पियन उडको दुर्घटनाबारे छानबिन भईरहेको छ। उडको कार दुर्घटनाको उच्च जोखिम रहेको क्षेत्रमा भएको बताईएको छ। एजेन्सी
Facebook Comments


























