काठमाडौं, फागुन १२ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार ९० हजार १०० रूपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ३०० रूपैयाँले घटेर ८९ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ८९ हजार ३५० रूपैयाँ कायम भएको छ। महासंघका अनुसार चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज तोलाको १५ रूपैयाँले घटेर १३ सय ४५ कायम भएको छ।
Facebook Comments


























