फागुन १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सहज जित निकालेको छ। मंगलबार राति भएको खेलमा लिड्सले साउथह्याम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्ड, स्टुवार्ड डालस र राफिन्हाले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७ औं मिनेटमा बामफोर्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ७८ औं मिनेटमा डालसले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।
त्यसपछि खेलको ८४ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई ३-० को जित दिलाए। जितसँगै लिड्स लिगको दशौँ स्थानमा उक्लिएको छ। लिड्सले २५ खेलमा ३५ अंक जोडेको छ। साउथह्याम्पटन ३० अंक जोडेर १४ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments

























