काठमाडौं, फागुन १० । टेलिभिजन प्रस्तोता रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु जानकारी दिएका छन्।
सोमबार लामिछानेले सामाजिक सञ्जालमार्फत नयाँ कार्यक्रमबारे जानकारी दिएका हुन्। उनले ‘हाम्रो नयाँ यात्राको सुरुवात’ लेखेर एउटा तस्वीर फेसबुकमा पोस्ट गरेका छन्।
उनले ल्याउने कार्यक्रमबारे केही खुलाइएको छैन। उनले मंगलबार बिहान पौने १२ बजे यसबारे विभिन्न माध्यमबाट जानकारी दिने बताएका छन्। यसअघि उनले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’बाट जनताको मन जित्न सफल भएका थिए।
उनले फेसबुकमा यस्तो लेखेका छन्
भोलि बाट नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान पौने १२ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ।