वि.सं.२०७७ साल फाल्गुन ११ गते। मंगलबार इ.स.२०२१ फेब्रुवरी २३ तारिक, शकसंवत् १९४२, प्रमादी संवत्सर, उत्तरायण, शिशिर ऋतु, नेपाल संवत् ११४१, माघ शुक्लपक्ष, तिथी– एकादशी,१५ बजेर २९ मिनेट उप्रान्त द्वादशी। नक्षत्र–आद्र्रा, १० बजेर १८ मिनेट उप्रान्त पुनर्वसु। योग–आयुष्मान,२६ बजेर ५६ मिनेट उप्रान्त सौभाग्य। करण–भद्रा, १५ बजेर २९ मिनेट उप्रान्त बव,२७ बजेर ४६ मिनेट उप्रान्त बालव। आनन्दादिमा–चर योग। चन्द्रराशि–मिथुन।
काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३६ मिनेटमा, सूर्यास्त १७ बजेर ५९ मिनेटमा। दिनमान २८ घडी २७ पला। भीमा एकादशी व्रत।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा तथा परिणामूखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन्। पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ। लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्वपूर्ण रहनेछ। अध्ययनकै सवालमा यात्रा हुनेछ। भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ। प्रेममा नजिक हुन सकिनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया पैसा कमाउन सकिनेछ। मेहनेतले प्रतिस्पर्धीहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ। सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन्। छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ। लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समाजसेवा तथा राजनीतिमा समय व्यातित गर्नेहरुका लागी समय मध्ययम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ। व्यापारमा मन्दी आउने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ। तरपनि सुचना प्रविधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ। अध्ययनकै शिलशिलामा यात्रा गर्न सकिनेछ तथा अली बढी समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ। खर्च बढेपनि उपलव्धीमुलक कामहरु हुनेछन्। लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ। विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ। समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेममा सामिप्यता बढेर जानेछ। पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ। व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। बित्तिय क्षेत्रसँग सम्वन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ। ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ। नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेकोछ। व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ। पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ। पढाइ लेखाइको लागी समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ। प्रेम सम्वन्ध सकारात्मक बाटोमा बढ्नेछ। व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ। आफन्त तथा साथि भाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ। व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला। माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामगर्दा ध्यान दिनुहोला आलोचकहरु बढ्नेछन्। व्यापारमा समय दिएपनि न्यून आम्दानीमा चित्त बुझाउनु पर्नेछ। व्यापारकै शिलशिलामा कष्टकर यात्रा नहोला भन्न सकिन्न। साथिभाई तथा जीवन साथिको सहयोग नपाईदा कामहरु बिचमा नै छोड्नु पर्ने हुन सक्छ। प्रेममा मनमुटाब सिर्जना हुने योग रहेको छ। अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने सत्रु परास्त हुनेछन्। बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ। प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ। व्यापारमा लगानी गरी दिगो फाईदा हुने कार्य शुभारम्भ आरम्भ गर्न सकिनेछ। पुराना थाती रहेका कामहरु सम्पादन हुनेछन्।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) वौद्धिक व्याक्तीत्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ। पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ। भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ। सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउनेछ। शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउन सकिनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तहरु टाडिने तथा पति पत्नीबीच सामान्य मनमुटावको सिर्जना हुनेछ। पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ। व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ भने कृषी तथा पशुपालन व्यावसाय फस्टाउनेछ।
तपाईको दिन शुभ रहोस्।
ज्योतिषी दुर्गा भण्डारी।
























