काठमाडौं, फागुन १० । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। आज सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य १ हजार ३३५ पुगेको छ। आज छापावाल सुन प्रतितोला ८९ हजारमा र तेजाबी सुन ८८ हजार ५५० मा कारोबार भइरहेको महासंघले जनाएको छ। नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य लगातार घटेको थियो। आइतवारबाट भने सुनको मूल्य प्रतितोला ८ सयले बढेको थियो।