फागुन १० । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमै काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
३२औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त हुन सकेन। ८९ औं मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै काडिजलाई हारबाट जोगाए। बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ। बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ। काडिज २५ अंक जोडेर १४औँ स्थानमा रहेको छ।
Facebook Comments

























