फागुन १० । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले शानदार जित हात पारेको छ। आइतबार राति भएको खेलमा एसी मिलानविरुद्ध इन्टर मिलानले ३-० को जित हात पारेको हो।
मिलानको घरेलु मैदान सानसिरोमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले दुई गोल गरे। यस्तै रोमेलु लुकाकुले एक गोल गरे। जितसँगै इन्टरले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। इन्टरले २३ खेलबाट ५३ अंक जोडेको छ। एसी मिलान २३ खेलमा ४९ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ।