काठमाडौं, फागुन ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन्।
झापाको गौरीगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरीतन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको निमित्त ताजा जनादेशमा जानु उपयुक्त हुने जिकिर गरेका हुन्।
सम्बोधनमा उनले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रूपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरी हित हुने दाबी गरे। सबै धर्मको सम्मान हुनेगरी सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने थापाले बताए।
कम्युनिस्ट पार्टी भित्रको द्वन्द देशको हित र निर्माणका निमित्त नभई कुर्सी, शक्ति र भागबण्डाको निमित्त भएको थापाले आरोप लगाए।
Facebook Comments


























