काठमाडौं, फागुन ८ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको चुनावी सरकारले ठूला योजनाको ठेक्का र टुङ्गो लगाउन नमिल्ने बताएका छन्।
अहिलेको सरकार आफैले आफूलाई चुनावी सरकार घोषणा गरिसकेको भन्दै डा.भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला योजनाको ठेक्का र टुङ्गो लगाउन नमिल्ने बताएका हुन्।
डा.भट्टराईले आफू ठूला पूर्वाधार योजना र विदेशी लगानीको विरोधी नभएको भन्दै भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रष्टिकरण दिएका हुन्।
आफू राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राख्ने र भारत, चीन तथा अमेरिका र जापान सबैसँग बिप्पा सम्झौता गर्नुपर्छ भन्ने मान्छे भएको भन्दै डा। भट्टराईले अहिलेको अवस्थामा ओली सरकारले ठूला योजनाको ठेक्का र टुङ्गो लगाउन नमिल्ने बताए।


























