फागुन ७ । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंक विरुद्ध उजुरी दिएका छन्। वर्ल्डलिंकले कानुन विपरीत नेट टिभीको सेवा दिएको भन्दै उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका हुन्।
राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा सेटअप बक्सबाट मात्र टेलिभिजन प्रसारण गर्नु पर्ने लगायतका सर्तहरु पालाना गर्नु पर्ने भए पनि वर्ल्डलिंक नेट टिभीले नियम विपरीत काम गरेको महासंघको ठहर छ।
Facebook Comments


























