काठमाडौं, फागुन ७ । नेकपा प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दैछ। केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ। यो समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजो मात्रै भनेको थियो। नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि एक बजेबाट बैठक शुरु हुन लागेको हो।
संसद् विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको यो समूहले निर्वाचन आयोगमा गएको २० माघमा वैधानिकताका लागि निवेदन दिएको छ। तर आयोगले थप प्रक्रिया अगाडि बढाएको छैन। बरु, मध्यावधि निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ।
पार्टी विभाजन अगाडिको ४४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ३१५ बढी आफ्नो पक्षमा भएकाले नेकपाको वैधानिकता पाउनुपर्ने दावी यो समूहले गर्दै आएको छ।
Facebook Comments


























