फागुन ७ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्यको पनि घटेको छ। प्रतितोला १ हजार ३ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























