फागुन ७ । जुन महिनामा २० जना मारिएको गलवान उपत्यकाको झडपमा मृत्यु भएका चिनियाँ सैनिकका बारेमा पनि खुलासा भएको छ। चीनले झडपमा आफ्ना ५ जनमुक्ति सेनाको ज्यान गएको बताएको छ।
शुक्रबार चीनले सो झडपमा आफ्ना ५ जना सैनिक मारिएको स्वीकार गरेको हो। ‘आफ्नो सम्प्रभुता रक्षा गर्ने क्रममा बलिदानी दिने सैनिकलाई श्रद्धाञ्जली दिनका लागि’ भन्दै सरकारी पत्रिका पीएलए डेलीले ती सैनिकको बारेमा बिस्तृत जानकारी दिएको हो।
चीनको सेन्ट्रल मिलिटरी कमिसनले काराकोराम पहाडमा ५ जना सैनिकको पहिचान भएको र उनीहरुलाई विभिन्न पदवीबाट पीएलएले सम्मानित गरेको छ। एजेन्सी
Facebook Comments


























