फागुन ६ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो।
गत महिना पनि नेपाल १ सय ७१ औं स्थानमै रहेको थियो। कोरोना भाइरसको महामारीपछि नेपालले गत नोभेम्बरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपालले एक खेलमा हार ब्यहोर्दा एक खेलमा बराबरी खेलेको थियो। त्यसयता नेपालले अन्तराष्ट्रिय खेल खेलेको छैन।
नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ। भारत १ सय ४ औं स्थानमा रहेको छ। माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ। नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ। भुटान १८९ औं, बंगलादेश १८६ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन्।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ। यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन्। यस्तै स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र इटाली दशौं स्थानमा रहेका छन्।


























